A

Honbl. Sirjana Shrestha

Member of Parliament

Category: नागरीक सँग

  • Hello world!

    Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

  • प्रतिनिधि सभा बैठक (शून्य समय) | २०८३ भदौ ३

    युवा दिवसको सार्थकता युवाले स्वदेशमै सिपअनुसारको रोजगारी, उचित पारिश्रमिक र पर्याप्त अवसर पाउँदा मात्र हुन्छ। स्वदेशी प्रतिभा र उद्यमशीलतालाई प्रवर्धन गर्दै सिप रोजगार मिलानको प्रभावकारी प्रणाली निर्माण गर्न प्रतिनिधि सभाको शून्य समयमार्फत सरकारको ध्यानाकर्षण गराएको छु।

  • एलपी ग्यासको अभाव र आपूर्ति समस्याको वास्तविक अवस्था

    एलपी ग्यासको अभाव र आपूर्ति समस्याको वास्तविक अवस्था बुझ्न आज नेपाल आयल निगम, टेकु पुगेर ग्यासको आपूर्ति, वितरण प्रणाली र बजारसम्मको पहुँचबारे जानकारी लिने अवसर मिल्यो। सम्बन्धित कर्मचारी तथा सरोकारवालासँग ग्यास कहाँबाट आउँछ, कसरी वितरण हुन्छ, अभाव किन देखिन्छ र उपभोक्तासम्म सहज आपूर्ति कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा प्रत्यक्ष छलफल गरियो।

  • मिति २०८३/०४/२६ प्रतिनिधि सभामा

    मिति २०८३/०४/२६ प्रतिनिधि सभामा ‘खानी तथा खनिज पदार्थ सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि आफ्ना महत्वपूर्ण सुझाव र धारणा प्रस्तुत गर्दै।

  • उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १४औँ बैठकमा

    आज २०८३/०४/२७ गते बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १४औँ बैठकमा खाद्यान्न तथा ग्यास आपूर्तिको फितलो व्यवस्थापन र उपभोक्ताले भोगेका वास्तविक समस्याहरू उठाएको छु। सिलिन्डर साट्न नपाउने, हटलाइन फोन नलाग्ने र डिपोहरूमा महिनाौँसम्म ग्यास नपाउने जस्ता समस्याले निम्न आय भएका नागरिकहरूको दैनिकी प्रभावित भएको भन्दै कालोबजारी नियन्त्रण र बजार अनुगमनका लागि…

  • शून्य समय – प्रतिनिधि सभा बैठक, २०८३ साउन २५

    व्यवसायीहरू केवल करदाता मात्र होइनन्, अर्थतन्त्र निर्माणका सच्चा साझेदार हुन्! जटिल भन्सार मूल्यांकन र कर प्रणाली सुधार गरी साना तथा ठूला सबै व्यवसायीहरूका लागि सहज र व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रतिनिधि सभाको शून्य समयमार्फत सरकारको ध्यानाकर्षण गराएको छु।

  • निजी क्षेत्र र साना व्यवसायीको हित नै देशको समृद्धिको आधार

    ​संसदमा माननीय सृजना श्रेष्ठज्यूले साना तथा मझौला व्यवसायीहरूले भोगिरहेका व्यवहारिक समस्या र नीतिगत सुधारका विषयमा दर्बिलो आवाज उठाउनुभएको छ: ​अर्थतन्त्रका सच्चा साझेदार: देशको आर्थिक विकास, रोजगारी र राजस्वमा साना-ठूला सबै व्यवसायीको अतुलनीय योगदान छ। व्यवसायीहरू केवल करदाता मात्र होइनन्, अर्थतन्त्र निर्माणका मुख्य साझेदार हुन्। ​जटिल प्रक्रियाको अन्त्य: झन्झटिल भन्सार मूल्याङ्कन र कर प्रणालीका कारण साना…

  • ३२ औँ विश्व आदिवासी जनजाति दिवस

  • सरोकारवाला निकायसँग समन्वय तथा सुझाव सङ्कलन

    आज का.म.न.पा. वडा नं. २३, ओमबहालमा आयोजित “सरोकारवाला निकायसँग समन्वय तथा सुझाव सङ्कलन” कार्यक्रममा सांसदको रूपमा उपस्थित भई स्थानीय नागरिक तथा सरोकारवालाहरूसँग विचार विमर्श गर्ने अवसर मिल्यो। जनताको सुझाव र सहभागिता नै सुशासनको मुख्य आधार हो। स्थानीय समस्याहरूको पहिचान र तिनको दिगो समाधानका लागि सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गर्दै अघि बढ्न हामी प्रतिबद्ध छौँ। अमूल्य…

  • सुनसरीको ऐतिहासिक, धार्मिक तथा पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा

    सुनसरीको ऐतिहासिक, धार्मिक तथा पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खड्ग राज पौडेल ज्यूलाई स्वागत तथा भ्रमण गराउन पाउँदा सम्पूर्ण सुनसरीवासी अत्यन्तै हर्षित र गौरवान्वित भएका छौँ। त्रेतायुगमा भगवान् श्री रामको आगमन र रामायणको पावन कथासँग जोडिएको यस मन्दिरको छुट्टै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ। अतुलनीय…