आज का.म.न.पा. वडा नं. २३, ओमबहालमा आयोजित “सरोकारवाला निकायसँग समन्वय तथा सुझाव सङ्कलन” कार्यक्रममा सांसदको रूपमा उपस्थित भई स्थानीय नागरिक तथा सरोकारवालाहरूसँग विचार विमर्श गर्ने अवसर मिल्यो।
जनताको सुझाव र सहभागिता नै सुशासनको मुख्य आधार हो। स्थानीय समस्याहरूको पहिचान र तिनको दिगो समाधानका लागि सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गर्दै अघि बढ्न हामी प्रतिबद्ध छौँ।
अमूल्य सुझाव र उपस्थितिका लागि सम्पूर्ण वडावासी तथा सरोकारवालाहरूमा हार्दिक आभार!