A

Honbl. Sirjana Shrestha

Member of Parliament

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १४औँ बैठकमा

आज २०८३/०४/२७ गते बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १४औँ बैठकमा खाद्यान्न तथा ग्यास आपूर्तिको फितलो व्यवस्थापन र उपभोक्ताले भोगेका वास्तविक समस्याहरू उठाएको छु।

सिलिन्डर साट्न नपाउने, हटलाइन फोन नलाग्ने र डिपोहरूमा महिनाौँसम्म ग्यास नपाउने जस्ता समस्याले निम्न आय भएका नागरिकहरूको दैनिकी प्रभावित भएको भन्दै कालोबजारी नियन्त्रण र बजार अनुगमनका लागि तत्काल ठोस कदम चाल्न माग गरेको छु।