A

Honbl. Sirjana Shrestha

Member of Parliament

सुनसरीको ऐतिहासिक, धार्मिक तथा पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा

सुनसरीको ऐतिहासिक, धार्मिक तथा पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खड्ग राज पौडेल ज्यूलाई स्वागत तथा भ्रमण गराउन पाउँदा सम्पूर्ण सुनसरीवासी अत्यन्तै हर्षित र गौरवान्वित भएका छौँ।

त्रेतायुगमा भगवान् श्री रामको आगमन र रामायणको पावन कथासँग जोडिएको यस मन्दिरको छुट्टै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ।

अतुलनीय धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको रामधुनीलाई आगामी दिनमा देशकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य का रूपमा प्रवर्द्धन र विकास गर्न सकिने कुरामा हामी पूर्ण रूपमा विश्वस्त छौँ।

माननीय मन्त्रीज्यूको यस गरिमामय उपस्थितिले रामधुनी क्षेत्रको एकीकृत विकास, संरक्षण र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा नयाँ ऊर्जा र ठूलो टेवा पुग्ने विश्वास लिएको छु।