संसदमा माननीय सृजना श्रेष्ठज्यूले साना तथा मझौला व्यवसायीहरूले भोगिरहेका व्यवहारिक समस्या र नीतिगत सुधारका विषयमा दर्बिलो आवाज उठाउनुभएको छ:
अर्थतन्त्रका सच्चा साझेदार: देशको आर्थिक विकास, रोजगारी र राजस्वमा साना-ठूला सबै व्यवसायीको अतुलनीय योगदान छ। व्यवसायीहरू केवल करदाता मात्र होइनन्, अर्थतन्त्र निर्माणका मुख्य साझेदार हुन्।
जटिल प्रक्रियाको अन्त्य: झन्झटिल भन्सार मूल्याङ्कन र कर प्रणालीका कारण साना व्यवसायीहरू समस्यामा परेका छन्। यस्ता नीतिगत र व्यवहारिक कठिनाइहरूको तत्काल समाधान हुनुपर्छ।
व्यवसायमैत्री वातावरण: सरकारले बजार धागिरहेका साना तथा खुद्रा व्यापारीका समस्या सुनेर कर र भन्सार प्रणालीलाई सरल, पारदर्शी र अनुकूल बनाउन आवश्यक छ।
”व्यवसायीहरूलाई सहज वातावरण दिने हो भने लगानी, रोजगारी र राजस्व स्वतः बढेर जान्छ