A

Honbl. Sirjana Shrestha

Member of Parliament

खाना पकाउने एलपीजी ग्यासको सहज आपूर्ति, गुणस्तर नियन्त्रण

खाना पकाउने एलपीजी ग्यासको सहज आपूर्ति, गुणस्तर नियन्त्रण र उपभोक्ताको हकहित संरक्षणका लागि हाम्रा प्रयासहरू निरन्तर जारी छन्।यसै सन्दर्भमा, उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको १२औँ बैठक सम्पन्न भएको छ। समितिको सदस्यको रूपमा बैठकमा मैले ग्यास आपूर्तिमा देखिने समस्या, बजार अनुगमन, मूल्य नियन्त्रण र उपभोक्ता सुरक्षाका विषयमा गहन छलफल गर्दै आफ्ना स्पष्ट धारणाहरू राखेको छु।

आम उपभोक्ताको हकहितको रक्षा गर्नु र उहाँहरूलाई सहज सेवा पुर्‍याउनु हाम्रो पहिलो प्राथमिकता हो। बैठकमा उठेका विषय र निर्णयहरूलाई द्रुत गतिमा कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गर्दछु।